बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने – रमेश लेखक
वि.सं.२०७९ चैत १५ बुधवार १२:३३
675
shares

काठमाडौं । बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कांग्रेस नेता लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका हुन् ।
मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल भएको उनको भनाइ छ । उनले आज बिहान बसेको बैठकमा १० दलमा गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने बताए ।
वि.सं.२०७९ चैत १५ बुधवार १२:३३

















