चेल्सीको पहिलो हार
वि.सं.२०७९ भदौ १५ बुधवार ०९:०२
1.16K
shares

काठमाण्डौँ- साउथह्याम्पटनसंग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल २०२२र२३ मा पहिलो हार बेहोरेको छ
घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए ।
जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा छ ।
यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २(१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १(१ गोलको बराबरी खेले ।
वि.सं.२०७९ भदौ १५ बुधवार ०९:०२

















