skip this

आज विश्वासको मत लिने मुख्यमन्त्री रावलको तयारी, नाउपाले देला त साथ ?

942 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने तयारी गरेका छन्।नेकपा एमाले संसदीय दलका नेता रहेका रावल गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा गठन भएको रावल नेतृत्वको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ।

सोही व्यवस्थाअनुसार रावलले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ।तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् ।नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् ।

nijgadh-supermart-adz1200-630