skip this

चीनका विदेशमन्त्री वाङ नेपाल आउँदै

2.89K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

याे पनि************

अमेरिकी निकाय एमसीसीसँगको सम्झौता अनुमोदन भएको महिनादिन भित्रै स्टेट काउन्सिलर वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुने बताइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ ।

nijgadh-supermart-adz1200-630