skip this

चितवन–२ को मतपरिणामः रवि लामिछाने ३७ हजार मतान्तरले अघि

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले ३७ हजार ४१७ को फराकिलो मतान्तर सहित अग्रता लिएका छन्।पछिल्लो परिणाम अनुसार‚ रास्वपा अध्यक्ष समेत रहेका लामिछानेले ४५ हजार ८४२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस जितनारायण आठ हजार ४२५ प्राप्त गरेका छन्। यस्तै‚ नेकपा एमाले रामप्रसाद न्यौपाने आठ हजार ३३० मत प्राप्त गरेका छन्।

गत मंसीरमा सम्पन्न निर्वाचनमा यस क्षेत्रमा लामिछाने ४९ हजार ३०० मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए। नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएकाले यहाँ उपनिर्वाचन भएको हो।

nijgadh-supermart-adz1200-630