मानव तस्करीको अरोपमा पक्राउ
वि.सं.२०७८ फागुन ३० सोमवार १५:००
2.75K
shares

इनरुवा। सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षिय मोहम्मद फिरोज रहेका छन् ।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो ।
सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका– ८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो ।
फिरोज काठमाडौँमा घर बनाउने काममा संलग्न थिए ।
फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रमा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।
वि.सं.२०७८ फागुन ३० सोमवार १५:००

















