skip this

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गर्न पुगेको प्रहरी र समर्थकबीच झडप

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न उनको निवासमा पुगेको प्रहरी र पार्टीका समर्थकबीच निवास बाहिर झडप भएको छ।झडपका क्रममा थुप्रै मानिस घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। खानका समर्थकलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने खानका समर्थकले पनि प्रहरीमाथि इंट्टा र ढुङ्गा प्रहार गरेका थिए।

आफ्ना नेतालाई गिरफ्तार गर्न नदिने समर्थकहरुको अडानका कारण मंगलबार साँझदेखि सुरु भएको तनावपूर्णस्थिति १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि जारी रहेकोछ । बुधबार बिहानै चार बजेर २० मिनेटमा खानले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूलाई गिरफ्तार गर्ने थप प्रयास जारी रहेको बताएका छन्।

nijgadh-supermart-adz1200-630