skip this

आज गठबन्धनले भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दै

2.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज भरतपुर महानगरपालिकामा सत्तारुढ पाँचदलीय गठबन्धनले संयुक्त चुनावी सभा गर्दैछ। सभामा सम्बोधन गर्न गठबन्धन दलका अधिकांश शीर्ष नेता बुधबार नै चितवन पुगिसकेका छन्।भरतपुरको हाकिमचोकस्थित केन्द्रीय बस टर्मिनलमा हुने सभामा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले पनि सम्बोधन गर्ने छन्। कांग्रेसका नेता शेखर कोइराला भने सभामा नजाने भएका छन्। सभामा जसपा र राष्ट्रिय जनमोर्चाका नेताले पनि सम्बोधन गर्नेछन्।भरतपुर महानगरको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल सत्ता गठबन्धनको साझा उम्मेदवार उम्मेदवार छिन्। उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ।

 

nijgadh-supermart-adz1200-630