skip this farak Kura Pravakar

बागमतीमा कांग्रेस र माओवादी केन्द्रका सांसदको हस्ताक्षर संकलन

738 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारीका साथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन सुरु गरेको छ ।

बिहीबार कांग्रेस र माओवादी सांसदहरुले हस्ताक्षर संकलन गरेका छन्, तर त्यसको प्रयोजन खुलाएका छैनन् । यद्यपि सरकार परिवर्तनकै प्रयोजन खुलाएर हस्ताक्षर संकलन गरिएको छैन ।

नेकपा माओवादी केन्द्रका एक सांसदले अनलाइनखबरसँग भने, ‘भोलि प्रक्रिया पूरा गर्नुपर्‍यो भने, वर्षाको बेला छ, सबै सांसदहरु उपस्थित नहुन सक्छन् भनेर हस्ताक्षर संकलन गरिएको हो ।’

बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेर गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको लिखित सहमति केही समयअघि सार्वजनिक भएको थियो । उक्त सहमति अनुसार सरकार छाड्न मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई दबाव दिने गरी हस्ताक्षर संकलन गरेको सांसदहरुले बताएका छन् ।

यद्यपि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरेको औपचारिक रुपमा स्वीकार गरेका छैनन् ।

nijgadh-supermart-adz1200-630