कांग्रेस बारा अधिवेशन : दोस्रो चरणको सभापतिको निर्वाचन फागुन २८ गते हुने
वि.सं.२०७८ फागुन २६ बिहीवार १९:२९
2.11K
shares

बारा । नेपाली कांग्रेस बाराको जिल्ला सभापति छान्न पुनः मतदान हुने भएको छ । फागुन २८ गते पुनः दोस्रो चरणको मतदान हुने भएको हो ।
मतदान बिहान १० बजेदेखि ३ चन्द्र माध्यमिक विद्यालयमा तोकिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतील जानकारी दिए ।
बुधबार भएको मतदानमा तीनै जना उम्मेदवारले खसेको मतको आवश्यक मत ५१ प्रतिशत कटाउन नसक्दा मतदान दोस्रो चरणमा धकलिएको हो ।
दोस्रो चरणमा राजेश राय यादब र शम्भु बहादुर बुढाथोकीको बीचमा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा कलैया उपमहानगरपालिकाका मेयर यादवले बुढाथोकी भन्दा २४ बढी मत ल्याएका थिए ।
पहिलो चरणमा पहिलो मत यादवले ८३३ र दोस्रो बढी मत बुढाथोकीले ८०९ मत ल्याएका थिए भने तेस्रो रामानन्द यादबले ७०८ मत ल्याए ।
वि.सं.२०७८ फागुन २६ बिहीवार १९:२९

















