skip this

ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जन विजयी

2.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले पुनः जित हासिल गरेका छन् । उनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले हराउन सफल भएका हुन् । ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७२२ मत ल्याएका छन् भने व्यञ्जनकारले २४ हजार ५६० मात्र मत ल्याएका छन् ।

यसअघिको स्थानीय निर्वाचनमा पनि व्यञ्जनकार महर्जनसँग पराजित भएका थिए । त्यो बेलामा महर्जनले ३२६ मात्र मत अन्तरले हराएका थिए । उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित भएकी छन् । उनले सत्ता गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई छ हजार ३३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गर्दा बज्राचार्यले १८ हजार ७५२ मात्र मत प्राप्त गरिन ।

nijgadh-supermart-adz1200-630