skip this farak Kura Pravakar

ललितपुर महानगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार चिरिबाबुको अग्रता

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायम छ । उनले ७ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।
आज बिहानसम्म ३१ हजार १९ मत गणना गर्दा महर्जनले १६ हजार ४०९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८ हजार ९३७ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ३४१ मत पाए ।

ललितपुर माहानगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका रबिनमान व्यञ्जनकार ८२८ मत प्राप्त गर्दै र वडा नं.११ मा नेपाली कांग्रेसकै अरोज कुमार खड्गी ७८४ मतसहित विजयी भएका छन् । त्यस्तै उपप्रमुख पदमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ८८४० मत सहित अग्रता कायम राखेकी छन् । माओवादी केन्द्रका बाबुराज बज्राचार्य मञ्जलीभन्दा २ हजार २५७ मत अन्तरले पछाडि छन् । बाबुराजले ६ हजार ५८३ मत पाएका छन् । राप्रपाकी स्वर्निमा शाक्यले २ हजार ४२५ मत पाएकी छन् ।

nijgadh-supermart-adz1200-630