skip this farak Kura Pravakar

बारामा कर्फ्यू आदेश, नागरिकलाई घरमै बस्न प्रमुख जिल्ला अधिकारी पौडेलको आग्रह

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा जिल्लामा बुधबार समेत कर्फ्यू आदेश जारी गरिएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान ६:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएका छन् ।

उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने बताएका छन् ।

प्रशासनले पूर्वमा रौतहट जिल्ला, पश्चिममा पर्सा जिल्ला , उत्तरमा मकवानपुर जिल्ला र दक्षिणमा भारतको सिमा सम्म कर्फ्यु जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमाथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकाले थप क्षति रोक्न नेपाली सेना सहित सबै सुरक्षा निकाय परिचालन गरिएको उल्लेख गरेका छन् । साथै, उनले नागरिकलाई शान्त रहन, संयमित हुन र आ–आफ्नो घरमै बस्न हार्दिक अपिल गरेका छन् ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकारकर्मी, कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकट भएका यात्रुहरुको आवतजावतमा भने सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले स्पष्ट पारेको छ ।

nijgadh-supermart-adz1200-630