मोरङमा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु
वि.सं.२०७९ असार २८ मंगलवार ०८:५३
1.36K
shares

काठमाडौं ।मोरङमा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । विराटनगर महानगरपालिकामा ना ६ ख १८३४ नम्बरको ट्याङ्करले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको हो ।महानगरपालिका १४ मा हिजो बेलुका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका १३ का ५५ वर्षीय विजय बानिया रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बानियाको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याङ्करसहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७९ असार २८ मंगलवार ०८:५३

















