सरकारमा जाने विषयमा राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने–जसपा
वि.सं.२०७९ पुस १२ मंगलवार ०९:४८
897
shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने भएको छ ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि जसपाले सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन ।
आउँदो १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । जसपाले अहिलेसम्म पार्टीको संसदीय दलको नेता समेत चयन गरेको छैन ।प्रतिनिधि सभामा जसपाको १२ सिट रहेको छ । प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जसपासहित ७ दल र तीन स्वतन्त्र सासंदको समर्थन रहेको छ ।
वि.सं.२०७९ पुस १२ मंगलवार ०९:४८

















