सरकारको पहिलो काम नेपाली अर्थतन्त्रको पुनरुत्थान गर्नु हो –प्रधानमन्त्री दाहाल
वि.सं.२०७९ पुस १२ मंगलवार ०९:३५

काठमाडौं। आफू नेतृत्वको सरकारको पहिलो काम नेपाली अर्थतन्त्रको पुनरुत्थान गर्ने भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् प्रधानमन्त्री प्रचण्डले चालु पुँजी कर्जा सम्वन्धि निर्देशिका स्थगन र व्याजदर स्थायित्वका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन्।आज विहान नेपाल उद्योग बाणिज्य महासंघको पदाधिकारीसँग भएको भेट तथा बधाई दिने कार्यक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन।
महासंघकाअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र जटिल समस्यामा फसेकाले त्यसको पुनस्र्थापनामा आफू केन्द्रित भएर लाग्ने प्रतिवद्धता जनाएका छन्। सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष भवानी राणासहित महासंघका पदाधिकारी तथा सदस्यहरुले प्रधानमन्त्री दाहाललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
वि.सं.२०७९ पुस १२ मंगलवार ०९:३५

















