skip this farak Kura Pravakar

भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालनको माग

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।भक्तपुरका उद्योगिव्यसायीले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृत प्रदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग राखेका छन् । बुधबार प्रधानमन्त्रीको सचिवालय बालुवाटारमा प्रधानमन्त्री देउवासँग भएको भेटघाट कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर खोपलाई विश्वविद्यालय सञ्चालनका लागि अनुमति दिन माग गरेको हो ।कार्यक्रममा संघका अध्यक्ष मानन्धरले प्रधानमन्त्रीको दृढ अठोट र संकल्पका कारण हालै मुलुकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित एवं व्यवस्थितरूपमा सम्पन्न भएको बताए । यसले गर्दा निजी क्षेत्र पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिप्रति अत्यन्त उत्साहित बन्न पुगेको मानन्धरको भनाइ थियो ।

उनले भक्तपुर उद्योग वाणिज्य संघ वि.सं.२०२३ सालमा स्थापना भई ५५ वर्षको लामो यात्रा पार गरी वर्तमान अवस्थासम्म आइपुग्दा विभिन्न अरोहअवरोहहरू आत्मसाथ गर्दै जिल्लाका निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका रूपमा दरिलो उपस्थिति कायम गर्न सफल भएको पनि बताए ।

संघ जिल्लाका उद्योगीरव्यवसायीहरूको संरक्षण प्रवर्द्धन गर्दै व्यावसायिक वातावरण सिर्जनाका माध्यमबाट जिल्लाको आर्थिक सामाजिक विकासमा योगदान दिँदै देश विकासमा टेवा पुर्‍याउने लक्ष लिएर अघि बढिरहेको पनि उनले बताए ।सोही अवसरमा उनले भक्तपुर जिल्लाको समग्र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधार विकासका कार्यहरू सम्पन्न गर्न विशेष पहलका लागि अनुरोध गरे ।

nijgadh-supermart-adz1200-630