skip this

राणा शासनका विरुद्ध लोकतन्त्रको आवाज घन्काउदै प्रजातन्त्र थालनी गरिएको हो –झलनाथ खनाल

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । फागुन ७ गते नेपालको इतिहासमा निरङ्कुश तानासाही राणा शासनका विरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातन्त्र थालनी भएको महत्त्वपूर्ण दिन भएको नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले बताएका छन् । आज त्रिहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘आज फागुन ७, प्रजातन्त्र दिवसको दिन । यो ऐतिहासिक दिन, नेपालको इतिहासमा निरंकुश तानाशाही राणा शासनका विरुद्ध लोकतन्त्रको आवाज घन्काउदै प्रजातन्त्र थालनी भएको महत्वपूर्ण दिन हो । यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

२००७ सालको क्रान्ति सम्पन्न भए पश्चात् नेपाल क्रमशः जनअधिकार र लोकतन्त्रको युग तिर प्रवेश गर्‍यो । यसबीचमा प्रजातन्त्रमाथि धेरै प्रकारका अवरोधहरू आए । ती तमाम अवरोधका बाबजुद हामीले २०४६ सालमा जनआन्दोलन मार्फत अर्को परिवर्तन गर्‍यौँ । साथै, २०६२र०६३ मा पूर्णरुपमा जनवादी क्रान्ति समेत सम्पन्न गर्‍यौँ । फलस्वरूप, आज हामीले संविधान सभाको निर्वाचन मार्फत नेपालमा नयाँ संविधान निर्माण गरेका छौँ र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत समेत गरेका छौँ । यसरी हेर्दा, नेपालमा राजनीति परिवर्तन आउनुको पहिलो जग नै २००७ सालको क्रान्ति नै हो । तसर्थ, आजसम्मको हाम्रा यी प्राप्त उपलब्धिहरूलाई रक्षा गर्न, यसको विकास गर्न, अझ समृद्ध र सुदृढ बनाउन हामी सबैले जोडदार प्रयत्न गर्नुपर्छ । अन्त्यमा, प्रजातन्त्र दिवसको अवसरमा म फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

nijgadh-supermart-adz1200-630