skip this

जनताले घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे–माधवकुमार नेपाल

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । पूरानो पार्टी चाहिँदैन भनेर आएको नयाँ पार्टी पनि घाँडो भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।आज कीर्तिपुरमा आयोजित अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ गर्छौं भनेर आएको पार्टीले झन खराब देखिएको बताएका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टीकै कारण सत्तारुढ गठबन्धन पनि संकटमा परेको उनको भनाइ थियो।

“घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे, जनताले। पहिले त के के न गर्ला भनेर लागी रहेको थियो,” राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंगित गर्दै अध्यक्ष नेपालले भने, “पूरानो पार्टीबाट हुँदैन, नयाँ चाहिन्छ, पुरानोहरूलाई छोडौं भन्नेहरू घाँडो भए।”“अदालतको आदेशले पदबाट हटे। पदका लागि आशक्त भएर त्यही पद चाहिन्छ भनेर हैरान पारेपछि गठबन्धन पनि संकटमा परेको छ,” नेपालले भने, “कुन दिन गठबन्धन भत्किने हो ठेगान छैन।”

nijgadh-supermart-adz1200-630