विमानस्थल बन्न नदिने सर्बोच्चको आदेशकाे विराेधमा माओवादीकाे निजगढमा राके जुलुस
वि.सं.२०७९ जेठ १२ बिहीवार २२:३८
3.8K
shares

बारा । बाराकाे निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नहुने भन्दै सर्वाेच्च अदालतले विहिबार दिएकाे आदेश विरुद्ध राके जुलुस निकालिएको छ ।
सर्वाेच्चले निजगढकाे विकल्प खाेज्नु पर्ने भन्दै विमानस्थल निर्माणकाे बाटाे बन्द गरेपछि त्यसकाे विराेधमा नेकपा माओवादी केन्द्र निजगढ नगर कमिटीले राके जुलुस निकालेकाे हाे ।
निजगढ नगरपालिका वडा नम्बर ८ कृष्ण प्रणामी मन्दिर नजिकबाट सुरु भएर सहिद चोकमा कोण सभामा परिणत भएकाे नगर अध्यक्ष सन्ताेष दंगालले जानकारी दिए ।

राके जुलुसमा पार्टीका प्रदेश कमिटी सदस्य रविराज दंगाल, नगर कमिटीका पदाधिकारी तथा नेता-कार्यकताकाे सहभागिता रहेकाे थियाे ।
वि.सं.२०७९ जेठ १२ बिहीवार २२:३८
















