३१ वर्षिय उपसचिव अधिकारी कोल्हवी नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृत
अधिकारीले गरे पदभार ग्रहण
वि.सं.२०८० जेठ ८ सोमवार २१:१२

काठमाडौं–बाराको कोल्हवी नगरपालिकाकाले ३१ वर्षिय नयाँ प्रशासकीय अधिकृत पाएको छ ।
उपसचिव राम मणि अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ बैशाखमा कोल्हवीको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सोमबार नगरपालिकामा पुगेर पदभार ग्रहण गरेका छन् । यसैबिच कोल्हवी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुगेका अधिकारीलाई नगरपालिकामा स्वागत गरिएको छ । नगरपालिकाका मेयर रामप्रसाद चौधरी लगायत जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका हुन् ।
को हुन् राम मणि ?
राष्ट्रिय योजना आयोगमा कार्यरत रहेका अधिकारीसंग त्यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा काम गरेको अनुभव छ ।
महोत्तरीको बर्दिबास घर भएका ३१ वर्षिय अधिकारी २०७१ मा २३ वर्षको उमेरमा शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका हुन् । हालै उनी उपसचिवमा बढुवा भएसंगै कोल्हवीमा सरुवा भएका हुन् ।
निमित्तको भरमा थियो नगरपालिका
कोल्हवी नगरपालिका निमित्तको भरमा सञ्चालनै हुदै आएको थियो । लेखा अधिकृत सुरेन्द्र चौधरीले गत चैतदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए ।
७ औं तहका जनस्वास्थ्य अधिकृत महमद साविरको २१ चैत्रमा उमेर हदका कारण अवकाश पाएपछि चौधरीले निमित्त पाएका हुन् ।
त्यसअघि नगरपालिकामा हरेन्द्र कुमार श्रेष्ठले २०७८ सम्म प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
वि.सं.२०८० जेठ ८ सोमवार २१:१२

















