skip this

समता टोल विकास संस्थाको देउसी : संकलित रकमबाट किरियापुत्रीको लागि आवश्यक सामाग्री किन्ने

2.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–५ बागदेवस्थित समताटोल विकास संस्थाको आयोजनामा सामुहिक देउसी खेलिएको छ ।

भाईटिकाको रात खलिएको देउसीमा ६१ हजार दुई सय ८६ रुपैया दान रकम संकलन भएको छ ।

भाईटीकाको एक रात मात्र नमुना चोकमा खेलिएको देउसीबाट संकलित रकममा थप गरेर एक लाख रुपैया बराबरको किरिया बार्न बस्दा आवश्यक पर्ने सामाग्री खरिद गर्ने योजना रहेको टोल विकास संस्थाका अध्यक्ष सुवाश चौलागाईले जानकारी दिए ।

स्थानीवासी, राजनीतिकर्मी, समाजसेवी लगायतको उपस्थिति रहेको देउसी कार्यक्रमको सञ्चालन शहदेव गौतमले गरेका थिए ।

अध्यक्ष चौलागाईले देउसी कार्यक्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरेकालाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् । उनले आगामी दिनहरुमा पनि साथ, सहयोग र सल्लाह सुझावको अपेक्षा गरेको बताए ।

संस्थाले यसअघि डेङ्गी संक्रमण फैलिन नदिन टोलमा स्प्रे, तीज विशेष कार्यक्रम र हालै सडक सरसफाई कार्यक्रम गरेको थियो ।

nijgadh-supermart-adz1200-630