skip this yams_Max_Hospital.jpeg

शोले फिल्मको ‘गब्बर’ को शैलीमा ट्रिपरले उछिट्यायो बाराका धन बहादुरको हात ! जोडिने सम्भवना कति ?

यसरी भयो घटना

6.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-१९७५ मा रिलिज भएको हिन्दी फिल्म सोलेको एउटा संवाद निकै ‘भाईरल’ छ, ऐ हात हम को देदे ठाकुर !

फिल्ममा गब्बरले दुई वटा खम्बामा हात बाँधेको अवस्थामा रहेका ठाकुरसँग हात काट्नु अघि भनेको संवाद हो त्यो ।

ठाक्कै त्यहिँ शैलीमा शनिबार राती बाराका गब्बररुपी ट्रिपरले ३१ वर्षिय युवकको हात उछिट्याएको छ ।

अटोमा चढेर साथीहरुसँग घरबाट मेला हेर्न निस्केका निजगढ नगरपालिका वडा नं.१२ बार्थलीका धन बहादुर लुङ्ग्बाको दाहिने हातनै छिनेको छ ।

चितवन मेडिकल कलेजको संघन कक्षमा उपचाररत धनबहादुरको स्वास्थ्य अवस्था गम्भिर छ । छिनेको हात जोडिने हो कि हैन अझैं टुङ्गो छैन ।

यसरी भयो घटना

निजगढकै सिंगौलमा रमाईलो मेला चलिरहेको छ । मेला हेर्न ८ बजे राती निस्केका अटोलाई तामागढी–रतनपुर सडकको तपस्या स्थल नजिक टिप्परको पछाडीको भागले धनबहादुरको हात छिनाएर अघि बढेको थियो ।

इट्टा लिएर त्रिशुलीतर्फ जाँदै गरेको ट्रिपरले विपरित दिशाबाट आउँदै गरेको अटो पछाडीको भागमा पेलेर अघि बढ्दा धनबहादुरको हातको कुहिनोभन्दा माथिको भागबाट छिनाएको प्रहरीले जनाएको छ ।

रातको समयमा जंगलको बाटोमा विपरित दिशाबाट अटो आउँदै गरेको अवस्थमा सावधानी नपनाएर ट्रिपर चालकले लापरबार्ही गरेर चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएपछि ट्रिपर नरोकि अम्लेखगञ्जतर्फ लागेको थियो । अटोले त्यसलाई रतनपुरसम्म पुगेर प्रहरीलाई खबर गरेको थियो । त्यहाँबाट फर्केर छिनेको हात सडकबाट उठाएर घाइतेलाई उपचारका लागि वीरगञ्ज पु¥याईएको थियो ।

वीरगञ्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन लगिएको थियो ।

चालक प्रहरी नियन्त्रणमा

ठक्कर दिने ट्रिपरलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले पक्राउ गरेको छ । पक्राउ परेको गाडी र चालकलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखेर थप अनुसन्धान भईरहेको छ ।

चालकले घटनाबारे अस्विकार गरेपनि पक्राउ परेको ट्रिपरमा रगत र हातको टुक्रा समेत फेला परेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630