पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन
वि.सं.२०७९ असार ६ सोमवार १३:४९
;efd'v ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f sf7df8f}F, !$ df3 M k|ltlglw;efsf] dËnaf/sf] a}7sdf gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f ub}{ . pxfF cl:t cfOtaf/ lglj{/f]w lgjf{lrt eO{ ;f]daf/ /fi6«klt ljBfb]jL e08f/Laf6 kb tyf uf]klgotfsf] zkyu|x0fkl5 kbef/ u|x0f ug'{ePsf] lyof] . t:jL/ M /Tg >]i7÷ /f;;
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।
बैठकको सुरुवातमै एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् । सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत् पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।
वि.सं.२०७९ असार ६ सोमवार १३:४९

















