skip this

नोबेल अस्पतालका डाक्टर मृत भेटिए, आफन्तले गरे नाराबाजी

2.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन् ।

उनी विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा बस्दै आएका थिए। नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

एमबीबीएस डाक्टर यादव नोबेल अस्पताल तीन वर्षदेखि काम गर्दै आएका थिए । उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए । उनले एमबीबीएस बङ्गलादेशबाट गरेको परिवारले जनाएको छ ।

अहिले घटनास्थलमा मोरङ प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तहरुले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी सुरु गरेका छन् ।

nijgadh-supermart-adz1200-630