मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीमा चालकको मृत्यु
वि.सं.२०७९ असार २८ मंगलवार १२:०३
1.67K
shares

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन् ।
दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे नियन्त्रण गुमाएर पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वि.सं.२०७९ असार २८ मंगलवार १२:०३

















