स्कुटर दुर्घटना हुँदा वालिङमा चालकको मृत्यु
वि.सं.२०७९ साउन २६ बिहीवार १२:०७
1.13K
shares

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।
गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार १२:०७

















