skip this

मौषममा सुधार भएसँगै निजगढ नगरपालिकाले भोलिदेखि विद्यालय सञ्चालन गर्ने

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा —निजगढ नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू भोलि पुस १८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन् ।

नगर कार्यपालिकाको कार्यालय, निजगढले जारी गरेको सूचनाअनुसार विगत केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता उत्पन्न भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएकाले १६ देखि १८ गतेसम्म विद्यालयहरूमा थप बिदा दिइएको थियो ।

हाल मौसममा सुधार देखिएको जनाउँदै नगरपालिकाले २०८२र०९र१८ गतेबाट पुनः नियमित पठनपाठन कार्य सञ्चालन गर्न÷गराउन सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई अनुरोध गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतमले जारी गरेको सूचनामा सबै विद्यालयहरूलाई आदेशानुसार कक्षा सञ्चालन गर्न भनिएको छ ।

nijgadh-supermart-adz1200-630