इ–क्याब नेपाल : ट्याक्सी यात्रालाई सहज बनाउँदै
नेपाली युवाको डिजिटल प्लेटफर्मको नविनतम् यात्रा
वि.सं.२०७९ भदौ १ बुधवार १०:२९

काठमाडौं–तपाई ट्याक्सी चलाउनु हुन्छ ? तर, सोचेजस्तो आम्दानी गर्न सक्नु भएको छैन ? व्यवसायिक सुरक्षा र आम्दानीको गतिलो स्रोत बनाउने माध्यम बनेको छ–‘इ–क्याब नेपाल’ ।
‘इ–क्याब नेपाल’ ले ट्याक्सी चलाउनेका लागि मात्र हैन, यात्रु र ट्याक्सीको विचमा पुलको काम गरेको छ । ‘इ–क्याब नेपाल’ ले डिजिटल प्रविधिको माध्यमबाट यात्रुलाई छरितो र सजिलो ट्याक्सी एप सञ्चालन गरेको छ । ग्राहकको सहजताको लागि नेपालमै पहिलो पटक ट्याक्सी एप सञ्चालनमा आएको छ, भुक्तानी गर्न पनि सजिलो छ । इ–क्याबबाट ट्याक्सी चढेपछि यात्रुले नगद नै तिर्नु पर्छ भन्ने छैन । क्युआर कोड वा मोबाइल वालेटबाट पनि तिर्न सकिन्छ ।
डिजिटल क्यु आर पेमेन्ट मार्फत भुक्तानी गर्न सकिन्छ । ग्राहकले ट्याक्सी तुरुन्तै वा अग्रिम बुकिङ्ग गर्न सक्छन् । भाडा पहिलै थाहा पाईने भएकाले अनावश्यक विवाद गर्नै परेन ।
आकर्षण बढ्दो
अनलाइनबाटै ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ मा आकर्षण बढेको छ । गत माघ ९ गतेबाट सेवा प्रदान गर्न सुरु गरेको इ–क्याब नेपालमा हालसम्म करिब ४ हजार वटा ट्याक्सी आबद्ध भइसेका छन् ।
नेपालमा इ–क्याब नेपाल प्रभावकारी बन्दै गइरहेको प्रवन्धक दिकेश प्रधानले जानकारी दिए । ट्याक्सी बुकिङलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन इ–क्याब नेपालको सुरुवात भएको थियो ।
यसरी सुरु भयो इ–क्याब नेपाल
बेलायतमा बस्दै आएका नेपाली युवा उद्यमीहरु दीपक श्रेष्ठ, सन्तोष मण्डल, सजनी लामा र रबट विश्वकर्माको लगानी तथा पहलमा इ–क्याबको सेवा सुरु भएको हो । चार जना मिलेर कम्पनीमा साढे दुई करोड रूपैयाँ लगानी गरेको छन् । यी चारै जना गैरआवासीय नेपाली हुन् । दस वर्षभन्दा लामो समयदेखि उनीहरू बेलायतमा बसिरहेका छन् । हाल इ–क्याबले १२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
दीपक र अरू तीन सञ्चालक केही समयअघि इ–क्याब आधिकारिक रूपमा सञ्चालन गर्न नेपाल आएका थिए । दीपक कम्पनीका अध्यक्ष हुन् भने सन्तोष म्यानेजिङ डाइरेक्टर । त्यस्तै सजनी मार्केटिङ सम्हाल्छिन् र रोबर्ट वित्तीय पाटो हेर्छन् ।
नेपालबाट सुरुवात भएको यो सेवालाई आगामी दिनमा अन्य देशमा पनि विस्तार गर्ने योजना रहेको म्यानेजिङ्ग डाइरेक्टर दिकेश प्रधानले बताए । इक्याब नेपालले विभिन्न स्किमसहित बजार विस्तार अभियानलाई तिब्र बनाएको म्यानेजिङ्ग डाइरेक्टर प्रधानले बताए ।
सुरक्षित यात्रा
ट्याक्सी प्रयोगकर्तालाई सजिलो माध्यमबाट सुरक्षित सेवा दिन इ–क्याब नेपाल सञ्चालनमा ल्याइएको हो । कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर प्रधानका अनुसार यसले यात्रुमाथि कुनै दुव्र्यवहार वा लुटपाट हुनबाट जोगाउँछ । सुरक्षित रूपमा गन्तव्यमा पु¥याउँछ । आफ्नो मोबाइलबाट यात्राको लोकेसन (ठाउँ) सेयर गरेर परिवारमा जानकारी दिन सकिन्छ । मोबाइल अफ भए पनि आफू कहाँबाट, कुन ट्याक्सीमा आउँदै छु भन्ने जानकारी दिन मिल्छ ।
इ–क्याब अन्य राइड सेयरिङ एपभन्दा फरक रहेको कम्पनीको दावी छ । इमेल वा मोबाइल म्यासेजमा साथी वा परिवारजनलाई लोकेसन सेयर गर्दा चालकको नाम, फोन नम्बर र ट्याक्सी आएको रूट देखाउँछ । यसकारण इ–क्याबबाट ट्याक्सी चढ्दा यात्रु सुरक्षित छ ।

इ–क्याब नेपालमा कसरी जोडिने ?
इ–क्याबमा जोडिन चाहने ट्याक्सी चालकले ‘इ–क्याब ड्राइभर्स’ र ग्राहकले ‘इ–क्याब नेपाल’ एप डाउनलोड गर्नुपर्छ । एप एन्ड्रोइड र आइओएस दुबैका लागि उपलब्ध छ । तीन वटै फिचर एपमा देखाउँछ, आफ्नो रोजाइअनुसार छनोट गर्न सकिन्छ ।
यसबाट अन्तर्राष्ट्रिय बुकिङ पनि गर्न सकिन्छ । विदेशबाट नेपाल फर्किदा उतैबाट ट्याक्सी बुक गरेर आउन सकिन्छ । त्यस्तै ट्याक्सी चाहिने दिन निश्चित भए दुई–तीन दिनअगाडि नै अग्रिम बुकिङ पनि गर्न पाइन्छ ।

इ–क्याबमा एप चलाउन नजान्ने वा इन्टरनेट नभएको अवस्थामा अर्को व्यक्तिले ट्याक्सी बुक गरिदिन मिल्छ । मानौं, आमाबालाई कतै जानुपर्ने छ तर एप चलाउन आउँदैन । यस्तो अवस्थामा चलाउन जान्ने छोराछोरी वा आफन्तले जुनसुकै ठाउँबाट आमाबा भएसम्म ट्याक्सी बोलाइदिन सक्नेछन् ।
कम्पनीले ट्याक्सी धेरै गुडेबापत चालकका परिवारका सदस्यलाई सिलाइ–बुनाइको निःशुल्क तालिम दिने व्यवस्था गरेको छ । इ–क्याबले एउटा गैरसरकारी संस्थासँग सहकार्य गरेको छ, त्यसैमार्फत तालिम दिन्छ । तर यो सुविधा पाउन केही मापदण्ड भने पूरा गर्नुपर्छ ।
इ–क्याबमा इन्टरनेटको समस्याले ट्याक्सी अनलाइन देखिएन भने ग्राहकले कम्पनीमा फोनै गरेर पनि सेवा लिन सक्छन् । त्यस्तै पहिलो पटक इ–क्याब प्रयोग गर्दा यात्रुले भाडामा ५० प्रतिशत छुट पाउँछन् ।
वि.सं.२०७९ भदौ १ बुधवार १०:२९

















