आज सुनको मुल्यमा गिरावट,कति पुग्यो तोलाको ?
वि.सं.२०७८ चैत २८ सोमवार ११:३४
2.45K
shares

काठमाडौ । आज नेपाली सुनचाँदी बजारमा नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ चैत २८ सोमवार ११:३४

















