skip this yams_Max_Hospital.jpeg

मेलम्चीको पानी पुन: चैतभित्र काठमाडौँ ल्याउने सरकारको घोषणा

768 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सरकारले बाढीका कारण अवरुद्ध मेलम्चीको पानी आगामी चैत मसान्तभित्र पुन: काठमाडौँ ल्याइसक्ने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् ।
‘बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना संवत् २०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु’, शर्माले भने ।
गत असारमा मेलम्चीमा आएको भीषण बाढीका कारण बाँध बगाउँदा मेलम्ची अवरुद्ध बनेको थियो । बाढीका कारण काठमाडौं आउन थालिसकेको मेलम्ची पुनः अनिश्चित बनेको बेला सरकारले यस्तो घोषणा गरेको हो।
सरकारले नदी कटान एवम् बाढीपहिरोको कारण भएको सडक लगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनर्स्थापना कार्यक्रमका लागि समेत बजेट छुट्याएको छ ।

nijgadh-supermart-adz1200-630