बागदेवका व्यवसायिक दुग्ध किसानले पाए अनुदानमा मिल्किङ मेसिन
वि.सं.२०७८ साउन १९ मंगलवार २०:२०
1.05K
shares

बारा : बाराको निजगढ ६ बागदेवस्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका ९ जना कृषकले दुग्ध दुहुने मेसिन अनुदानमा पाएका छन् ।
गाईपालक व्यवसायिक कृषकलाई दुध दुहुने मेसिन वितरण गर्न भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह बागदेव आएका थिए । प्रदेश सरकार भुमिब्यबस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय २ न. प्रदेश जनकपुरले कृषकलाई ५० प्रतिशत अनुदानमा मेसिन वितरण गरेको हो ।
बागदेब दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा एक कार्यक्रमका विच सोमबार ९ जना व्यवसायिक कृषकलाई मन्त्री साहले मिल्किङ मेसिन हस्तान्तरण गरेका हुन् । संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाश सापकोटाले गरेका थिए ।
वि.सं.२०७८ साउन १९ मंगलवार २०:२०

















