skip this farak Kura Pravakar

अब सुवर्ण गाउँपालिकामा शिक्षा पूर्ण रुपमा निःशुल्क

948 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको सुवर्ण गाउँपालिका माध्यमिक शिक्षा पूर्ण रुपमा निःशुल्क गर्ने पहिलो पालिका बनेको छ ।
सुवर्ण गाउँपालिकामा शिक्षा पूर्ण रुपमा निःशुल्क गर्ने निर्णय भएको छ ।
शिक्षा पूर्ण रुपमा निःशुल्क भएको सुवर्ण गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिव राज फुयाँलले जानकारी दिए ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कवहीमा कक्षा ११ र १२ मा लाग्ने शुल्क सत प्रतिशत मिनाह गर्ने निर्णय विद्यालय व्यवस्थापन समितिको आईतवार बसेको बैठकले निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले यस अघि लिदैँ आएको सम्पूर्ण शुल्क मिनाह गर्ने निर्णय गरेको हो ।
त्यसैगरी गाउँपालिकाले पाँच वटा सामुदायिक विद्यालयका छात्राहरुको लागि सेनेटरी प्याड विद्यालयलाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७७÷२०७८ मा कोरोनाका कारण बाड्न नसकिएको प्याडहरु विद्यालयमा पठाइएको हो ।

nijgadh-supermart-adz1200-630