skip this yams_Max_Hospital.jpeg

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ पहिलो दिन नै ओभर सब्सक्राइब

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : श्रावण २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशनमा पहिलो दिन २.२२ गुणाले ओभर सब्सक्राइब भएको छ ।
निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताहरुलाई १ अर्ब २० करोड १८ लाख २६ हजार रकम बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता सेयरको लागि आवेदन परेको छ ।
यो आइपीओमा निष्काशनको पहिलो दिन ५ बजे सम्मको तथ्याङ्कमा सेयर आवेदन गर्ने आवेदकको संख्या हालसम्मकै सबैभन्दा बढि रहेको छ । यो आइपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटलले गरेको छ ।
यो आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते सम्म रहेको छ ।

nijgadh-supermart-adz1200-630