skip this farak Kura Pravakar

सुन्दर बेगनास ताल ! (भिडियो)

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पोखरा : सुन्दर र शान्त वातावरण मनपराउने पर्यटकको प्रमुख गन्तव्य बेगनास ताल किनारको माझीकुना भएको छ । पोखरा घुम्न आउने पर्यटकले पछिल्लो समय पोखरासँगै जोडिएको लेखनाथ नगरपालिकाको बेगनास तालतर्फ आकर्षित हुन थालेकाले उक्त ठाउँ प्रमुख पर्यटकीय गन्तव्यमा परेको हो ।
यहाँको सुन्दरी डाँडा र पचभैया क्षेत्र पनि पर्यटकको रोजाइमा परेको छ । बललबउगचलब उयकत पर्यटकको आगमनमा वृद्धिसँगै यहाँका स्थानीयले सुविधा सम्पन्न होटल निर्माण गर्न थालेका छन् । बेगनास ताल किनारमा ठूला लगानीका होटेल खोल्ने क्रम जारी छ ।

गत पाँच वर्षदेखि बेगनास ताल किनारको माझीकुना क्षेत्रका व्यवसायीले होटेलमा लगानी बढाउँदै गएको छ ।
सात तालको सहर भनेर चिनिने लेखनाथ पोखराबाट छाँयामा पर्दै गएको थियो । लेखनाथको सुन्दरी डाँडामा बेगनास ताल रिर्सोट सञ्चालनमा आए पछि पर्यटन व्यवसायीको आकर्षण पनि यहाँ बढ्दै गएको छ ।
पोखरा भन्दै घुम्न आउने पर्यटकको लागि लेकसाइड मुख्य गन्तव्यमा पर्छ । पछिल्लो समय पर्यटकले लेकसाइडसँगै लेखनाथलाई पनि आफ्नो प्रमुख गन्तव्यमा समेटेका छन् ।
असोजदेखि मंसिरसम्म विदेशी पर्यटकले भरिने र अन्य समयमा आन्तरिक पर्यटकले होटेल चल्ने गरेको छ ।

nijgadh-supermart-adz1200-630