skip this

ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा ललितपुर मंगलबजारमा

954 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले २८२औँ शाखा ललितपुरको मगंलबजारमा खोलेको छ ।
आज कात्तिक ७ गतेदेखि मंगलबजारमा सो बैंकले शाखा सञ्चालनमा ल्याएको हो । यो सँगै बैंकले देशका ७६ जिल्लामा शाखा संख्या २८२ पु¥याएको छ ।
२५१ एटीएम, २६० स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन, राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी सेवा केन्द्र संख्या ८४० भन्दा स्थापना गरिसकेको बैंकले जानकारी दिएको छ ।
यी सबै सेवा केन्द्रबाट २६ लाखभन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिएको बैंकले दाबी गरेको छ ।बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन र हङकङ लगायत मुलुकबाट प्राप्त हुने रेमिट्यान्स भित्र्याउन सेवा पनि दिइरहेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630