skip this

तिहारमा २१ लाख माला खपत, १५ करोड बढीको रुपैयाँको कारोबार

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ :  यस वर्षको तिहारमा २१ लाख माला खपत भएको छ । तिहारको पाँच दिनमा १८ लाख ६५ हजार फूलको माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अनुमान थियो ।
      अनुमानभन्दा बढी फूलको कारोबार भएको छ । तिहारमा १८ लाख १५ हजार सयपत्री फूलको माला, ३ लाख ५ हजार मखमलीको माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ ।
     सयपत्री फूलको माला ६० देखि ८० सम्म र मखमली फूलको माला ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म कारोबार हुँदा १५ करोड रुपैयाँको कारोबार भएको फ्यानले जनाएको छ ।
      अघिल्लो वर्ष तिहारमा कारण १६ लाख मालाको कारोबार भएको थियो ।

nijgadh-supermart-adz1200-630