skip this

साथी मार्टको ‘ब्राण्ड एम्बेसडर’ बने राजेश हमाल

1.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेपालका विभिन्न स्थानमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ ले अभिनेता राजेश हमाललाई ‘ब्रान्ड एम्बेसडर’का रुपमा नियुक्त गरेको छ ।
   बिहीवार राजधानीमा एक कार्यक्रम बीच ‘साथी मार्ट’ का संस्थापक तथा सिईओ सागर पोखरेल र हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
   यो सम्झौतासँगै अब हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचारप्रसार गर्नेछन् । मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ को ब्रान्डिङ गर्न थप सहयोग पुग्ने बताए । ‘रिटेल व्यवसायको एउटा ब्रान्डले फिल्म क्षेत्रको एउटा ब्रान्डससँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो ।
    नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको रिटेल व्यवसायको बजार छ भन्ने सन्देश दिनका लागि पनि उहाँ राजेश हमालको माध्यमबाट ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ।
   अभिनेता हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्व राख्ने बताए ।
    काठमाण्डौमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै ‘साथी मार्ट’ सुरुवातको १६ महिनामा सातै प्रदेशका शहरमा सात दर्जन बढी आउटलेट सञ्चालन गर्दै झापाको काकडभिट्टादेखि दोलखाको जिरीसम्म पुगिसकेको छ ।
   सिइओ पोखरेलले आगामी तीन वर्षभित्र एक हजार आउटलेट खोल्ने लक्ष्य राखेको मार्टले ‘मेड इन नेपाल’ कलेक्सनलाई जोड दिएको बताए ।

nijgadh-supermart-adz1200-630