सनराईज बैंक निजगढ शाखाद्धारा स्वास्थ्य उपचार बीमा रकम भुक्तानी
वि.सं.२०७८ पुस १४ बुधवार १८:१४

संकलन : अंकित गौतम
बारा (निजगढ) : सनराईज बैंक निजगढ शाखाले एक बचत कर्तालाई बुधबार स्वास्थ्य उपचार बीमाको रकम भुक्तानी गरेको छ । बैंकले बचतकर्तालाई डबल बीमा सुविधा अन्तर्गत स्वास्थ्य सुविधा बापतको रकमको चेक बचतकर्ता निजगढ ७ की सावित्रीदेवी भारतीलाई २१ हजार ६ सय ५६ रुपैयाको चेक बैंक प्रमुख प्रद्युम्न अचार्यले हस्तान्तरण गरेका हुन् ।

बैंकमा बचत शाखाका बचतकर्ताले बचतगरे बापत २५ प्रतिशतको दरले बीमा सुविधा पाउँछन् । बीमा अन्तर्गत स्वास्थ्य उपचारको लागी मेडिकल खर्च बापत वर्षको तीन पटक पाउने सुविधा पाउने अचार्यले जानकारी दिएको छ । खाता खोलेर बचत गर्ने बानी पनि हुने र खाता खोलेका दिन देखि नै यो सुविधा पाउन सकिने उनले बताए ।

योजना अन्तर्गत दुर्घटना बीमा सुविधाको हकमा दुर्घटनामापरि कुनै बचतकर्ताहरुको मृत्यु वा अस्थाई तवरले ब्यक्ति असक्त भएकाहरुले पाँच लाख रुपैया भन्द नबढने गरी बचत खातामा रहेको मौजदातको ४ गुण सम्म भन्दा बढी दावि गर्न पाउने सुविधा ल्याएकोे प्रमुख अचार्यले जानकारी दिएको छ ।
वि.सं.२०७८ पुस १४ बुधवार १८:१४

















