skip this

विटु केसीको गजल

861 shares
oil-nigam-amlekhgunj-adv.jpeg

गजल

साथी भनुं भने कुनै साथ थिएन
लड़दा उठाउने कुनै हात थिएन

विर्सेको सम्झाउने पो हो नसा
त्यो पियाईमा कुनै मात थिएन

क्षणभर बाटोमा भेटीएको न हो
छुट्टियो सम्झिने कुनै वात थिएन

आतुर थियो एक ह्रदय प्रेमको
अंगालो हाल्ने कुनै आँत थिएन

‘विटु केसी’ :- ह्युस्टन, टेक्सास

nijgadh-supermart-adz1200-630