आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा
वि.सं.२०८० असोज ७ आइतवार १२:११
921
shares

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको १ लाख ३० हजार कित्ता बढी सेयर बिक्रीमा राखेको छ । बिक्रीमा राखिएको उक्त सेयरमा इच्छुक कम्पनी तथा व्यक्तिले खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
यो सेयरमा आवेदन दिने म्याद ७ दिनको रहेको छ । आवेदन काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ। यसअघि पनी संस्थाले ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुका लागि यो सेयर बिक्रीमा राखेको थियो। तर, संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछि संस्थाले अन्य व्यक्ति तथा कम्पनीका लागि आवेदन खुला गरेको हो।
वि.सं.२०८० असोज ७ आइतवार १२:११

















