skip this

सप्ताहको दक्षिणा भोटेकोशीमा हराएका बुवाको किरियामा बसेका क्रिसलाई सहयोग

141 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–भदौ १० गते भोटेकोशीमा आएको प्रलयकारी बाढिमा बेपत्ता हुनुभएका निजगढ वडा नं ९ का राम विष्टको परिवारलाई बाराको निजगढ ८ बकैयाधामका प्रमुख आर्चाय श्रीअभिषेकले श्रीमद्भागवत सप्ताहमा आएका दक्षिणाबाट सहयोग गरेका छन् ।

फरक नेपाल डटकमको सञ्चालक पत्रकार महेश्वर अधिकारीमार्फत आर्चाय श्रीअभिषेकले पाँच हजार सहयोग गरेका हुन् । सहयोग रकम पत्रकार अधिकारीलाई विष्टका परिवारलाई शनिबार हस्तान्तरण गरेका छन् ।

भोटेकोशी बाढीमा बेपत्ता भएका विष्टको कुशको शव बनाएर शुक्रबार दाह संस्कार गरिएको थियो । विष्टको १२ वर्षिय छोरा कृष विष्ट क्रियामा बसेका छन् । उनको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको भन्दै सहयोगको अपील गरेपछि सहयोग जुट्न थालेको छ ।

nijgadh-supermart-adz1200-630