skip this

सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम मौका

921 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले आज असोज २२ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

लाभांश प्रस्ताव पारित गर्न सानिमाले कात्तिक २ गते साधारण सभा आव्हान गरेको छ । सभा, कुण्डलिनी दरबार ब्यांकेट, चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले यसपटक सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव उक्त साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ । साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश हुनेछ ।

nijgadh-supermart-adz1200-630