skip this yams_Max_Hospital.jpeg

भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएको रिलिफ अपरेसन, आज पुग्दै राहत

1.01K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पमा परेका पीडित परिवारलाई आजबाट राहत सामग्री वितरण गर्ने भएको छ।भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष डा.बद्री केसीको नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा आज पुग्नेछ ।

अध्यक्ष केसीका अनुसार भूकम्प पीडित ४०० परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको हो। अध्यक्ष डा. केसीसहित महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, एनसीसी यूएईका अध्यक्ष विकास साहीलगायतको टोली राहत सामग्री जाजरकोट पुग्नेछन् ।

संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायतका सामग्री वितरण गर्ने राहत अभियानलाई संयोजन गरिरहेका संघका सचिव गोर्खालीले बताए। ‘हामी आइतबार सम्मा त्यहाँ पुग्न कोशिश गर्दैछौं। त्यहाँका पीडित परिवारलाई निरन्तर सहयोग गर्न हामी खटिनेछौं,’ उपमहासचिव प्रविण गुरूङले भने।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन्।यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।

संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवस्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरेको छ।

nijgadh-supermart-adz1200-630