निजगढ–९ को सचेत बचत तथा ऋण सहकारीको अध्यक्षमा दिलिप यादव निर्विरोध निर्वाचित (भिडियो)
वि.सं.२०८२ पुस १२ शनिवार २१:१८

बारा–बाराको निजगढ नगरपालिका–९, शहीदचोकस्थित सचेत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
निजगढ–९ शहीदचोकस्थित राजमार्ग होटलको सभाहलमा आयोजना साधारण सभाले साधारणसभाले दिलिपकुमार यादव अध्यक्षमा निर्विरोध नयाँ निर्वाचित गरेको हो ।
यस्तै, उपाध्यक्षमा भक्तबहादुर राउत, सचिवमा नरहरि गौतम र कोषाध्यक्षमा गणेश भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
सञ्चालक समितिका सदस्यहरूमा धनी भण्डारी, दिपा धनाहा, शोभा तितुङ, कुलबहादुर अस्थानी र नारायण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।
त्यस्तै, लेखा समितिको संयोजकमा जीवनकुमार काफ्ले तथा सदस्यहरूमा रानीमाया रुम्बा र विवेक सिटौला निर्वाचित गरेको छ ।
यसअघि साधारण सभाको उद्घाटन सभाअध्यक्ष अभय लामिछानेले पानसमा बत्ती बालेर गरेका थिए ।
अध्यक्ष लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रभु पराजुलीको स्वागत र जीवनकुमार काफ्लेको सञ्चालन रहेको थियो ।
साधारणसभामा सहकारी संस्थाका व्यवस्थापक दिपक श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सभाअध्यक्ष अभय लामिछानेले सहकारीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाका विषयमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाको अवसरमा उत्कृष्ट मासिक बचतकर्ता सम्मान गणेशबहादुर गोड्वा, उत्कृष्ट नियमित बचतकर्ता सम्मान डिल्लीप्रसाद गौतम, उत्कृष्ट ऋणी सम्मान धमेन्द्र साह तेली, उत्कृष्ट बाल बचतकर्ता सम्मान पारसमणि खड्कालाई प्रदान गरिएको छ ।
साधारण सभाका सभाध्यक्ष लामिछानेले उनीहरुलाई सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
वि.सं.२०८२ पुस १२ शनिवार २१:१८
















