जीतपुरसिमराकाे प्रमुख प्रशासकीय अधिकृतबाट विदा भएकै दिन प्रसाईं भए प्युठानकाे सिडियाे
वि.सं.२०८२ पुस ११ शुक्रवार १६:२२
1.22K
shares

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतबाट विदा भएकै दिन शान्तिराज प्रसाईं प्युठान जिल्लाकाे प्रमुख जिल्ला अधिकारी नियुक्त भएका छन् ।
जीतपुरसिमराकाे प्रमुख प्रशासकीय अधिकृतबाट केही दिनअघि गृहमन्त्रालयमा सरुवा भएका प्रसाईंलाई शुक्रबार सरकारले प्युठान जिल्लाकाे प्रमुख जिल्ला अधिकारी नियुक्त गरेको हाे ।
जीतपुरसिमरामा करिब १० महिना बिताएका सहसचिव प्रसाईँलाई शुक्रबार विदाई गरिएको थियाे ।
वि.सं.२०८२ पुस ११ शुक्रवार १६:२२

















