skip this

देवदहको कार्यपालिका सदस्यमा गठबन्धनबाट आठ सदस्य विजयी

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कार्यपालिका सदस्यको लागि रुपन्देहीको देवदह नगरपालिकामा भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाको गठबन्धनका आठजना सदस्य विजयी भएका छन् । स्थानीय तहको निर्वाचनपछि कार्यपालिका सदस्यको लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो । देवदह नगरपालिकाको कार्यपालिकामा २२ जना हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनबाट १४ जना निर्वाचित भइसकेको र बाँकी रहेको ८ जनाको लागि निर्वाचन भएको हो ।

देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए । देवदह नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित महिला सदस्यबाट ५ जना र दलित र अल्पसंख्यकबाट ३ जना गरी ८ जना छनोट गर्न बाँकी रहेको थियो ।

nijgadh-supermart-adz1200-630