कञ्चनपुरमा चुनावी माहोल तात्यो
वि.सं.२०७९ भदौ २ बिहीवार १४:०१

कञ्चनपुर– नेपाली कांग्रेस कञ्चनपुरका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक एक सातायता आफ्नो निर्वाचन क्षेत्रको दोधारा चादँनीमा चुनाव केन्द्रीय अभियानमा सक्रिय हुनुहुन्छ ।
अघिल्लो निर्वाचनमा नेकपा ९एमाले०का उम्मेदवार प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टसित झिनो मतान्तरले पराजित भएका नेता लेखक यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी हुनुहुन्छ । बुधबार नेता लेखकले दोधारा चादँनी नगरपालिकाको वडास्तरमा नेता तथा कार्यकर्तालाई राखेर चुनाव केन्द्रीय अभियानमा हुँदा एमालेका सांसद डा भट्ट, सांसद निरु पाल लगायतका एमाले नेता पार्टी कार्यालय महेन्द्रनगरमा प्रशिक्षणमा व्यक्त हुनुहुन्थ्यो ।
तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कम्युनिष्ट पार्टी फुटेपछि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा जीत सहजै हासिल गर्ने दाउमा रहेको नेपाली कांग्रेसको मुख्य प्रतिस्प्रर्धी प्रतिपक्षी दल एमाले नै हो । हालसम्मको चर्चाअनुसार निर्वाचन क्षेत्र नं १ मा नेकपा ९माओवादी केन्द्र०का नेत्री एवं पूर्वमन्त्री बिना मगर सत्ता गठबन्धनको साझा उम्मेदवार हुने र चुनावी जित्ने रणनीतिमा हुनुहुन्छ ।
यस्तै सो क्षेत्रमा संविधानसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता दिवान विष्ट सोही निर्वाचन क्षेत्रमा लड्ने अडान कार्यकर्तामाझ राख्दै आउनुभएको छ । कांग्रेस, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनमा रहेको नेकपा ९एकीकृत समाजावादी०ले भने यहाँ प्रतिनिधिसभामा भाग पाउने सम्भावना कम रहेको नेताको भनाइ छ । त्यो अवस्थामा समाजवादीले छ वटा प्रदेशसभा सदस्यमा बहुमत सदस्य माग गठबन्धनमा गर्ने समाजदावीका नेताको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको एकीकृत समाजवादी केही वडाध्यक्षमै समिति रहेको थियो । यसैगरी यहाँको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउद निर्वाचन लक्षित कार्यक्रममा खटिनुभएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति हरिप्रसाद बोहराले पनि दाबी गर्न थाल्नुभएको छ ।
अघिल्लो पटक एमालेका नेता प्रतिनिधिसभा सदस्य नरबहादुर धामीसँग पराजित भएका कांग्रेस नेता साउद गठबन्धन भए भारी मतका साथ विजयी हुने नेताहरुको दाबी छ । एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उक्त क्षेत्रबाट धामी दोहोरिने चर्चा छ । सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँडको टुङ्गो लागि नसकेको अवस्थामा माओवादी केन्द्र र समाजवादीका नेता भने निर्वाचन क्षेत्रमा खटिनसकेको अवस्था छ ।
कञ्चनपुरमा स्वतन्त्र उम्मेदवारी दिने विषय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा प्रचार गरिरहेका भए पनि निर्वाचन क्षेत्र केन्द्रीत भने देखिएका छैनन् । एमालेका पार्टी सचिव पल्लवराज भट्टले निर्वाचन केन्द्रीत प्रशिक्षण चलिरहेको बताउनुभयो । उहाँले पालिकास्तरमा पार्टी सुदृढीकरणलगायतका विषयमा जिल्लाभर कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । “केन्द्रको सर्कुलरअनुसार उम्मेदवार छनोट प्रक्रियामा लाग्छौँ”, सचिव भट्टले भन्नुभयो, “अहिले प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ ।”
त्यसैगरी नेपाली कांग्रेसका उपसभापति मीनबहादुर सिंहले जिल्लामा नेता आ–आफ्नो निर्वाचन क्षेत्रमा आफ्नै किसिमले सक्रिय रहेको बताउनुभयो । उहाँले आगामी भदौ १० बाट २४ गतेसम्म निर्वाचन क्षेत्र लक्षित देशव्यापी अभियान सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केन्द्रको कार्यक्रमअनुसार यहाँ पनि निर्वाचन क्षेत्रमा घरदैलो लगायतका पार्टीका आधिकारीक कार्यक्रम सञ्चालन हुनेछन् ।”
वि.सं.२०७९ भदौ २ बिहीवार १४:०१

















