बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समुहको निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन १८ गते मतदान हुने
फागुन १४ गते ११ बजे मतदाता नामावली प्रकाशन

वि.सं.२०८१ फागुन १४ बुधवार २१:४९

निजगढ-बाराको निजगढ–९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समुहको आगामी नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
निर्बाचन मण्डलको कार्यालय, निजगढ सव डिभिजन कार्यालयले बुधबार निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।
वन समुहको विधानमा भएको व्यवस्था अनुसार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिव १ (महिला), सह सचिव १, कोषाध्यक्ष १ (महिला) र प्रचलित कानुन बमोजिम कम्तीमा ५० प्रतिशत) सदस्यहरू १२ मध्ये ७ जना महिला सदस्य ५ जना खुल्ला सदस्य गरी जम्मा १७ पदमा निर्वाचन प्रयोजनको लागि निर्वाचन मण्डलका सदस्य निरज पाखरेलले निर्वाचन कार्यक्रम सूचना प्रकाशित गरेका हुन् ।
निर्वाचन कार्यतालिका सार्वजनिक अघि सर्वदलिय बैठक आयोजना गरिएको थियो ।
निर्वाचन कार्यक्रम अन्तर्गत फागुन १४ गते ११ बजे मतदाता नामावली प्रकाशन गरिएको छ । त्यसमाथि फागुन १५ गते ११ बजेदेखि २ बजेसम्म दावी विरोध र २ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीको दावी विरोधको छानविन र अन्तिम नामावलीको प्रकाशनको तालिका रहेको छ ।
त्यसैगरि ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारीको दरखास्त दर्ता र ४ बजेदेखि ५ बजेसम्म र ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
फागुन १६ गते बिहान ८ बजे बिहान १० बजेसम्म उम्मेदवारी माथि दावी विरोध, ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ३ बजेदेखि ५ बजेसम्म दाबि विरोधमाथी छानबिन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ ।
उम्मेदवारले फागुन १७ गते दिनभर प्रचार प्रसार गर्न पाउनेछन् भने फागुन १८ गते मतदान हुनेछ । विहान ११ बजे ५ बजे सम्म मतदान हुनेछ भने साझ ७ वजे मतगणना प्रारम्भ गर्ने र १९ गते निर्वाचन परिणामको घोषणा गर्ने र शपथ ग्रहण गराउने÷प्रमाणपत्र वितरण गर्ने कार्यसूची रहेको छ ।
कार्यसूची :

वि.सं.२०८१ फागुन १४ बुधवार २१:४९