skip this

कर्णाली सरकारको आकस्मिक बैठक : राहत र उद्धार तीव्र बनाउने निर्णय

1.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुर्खेत-कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।

उनका अनुसार उद्धारका लागि सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको छ, आवश्यकता अनुसार बजेट खर्च गरेर शोधभर्ना गर्नेगरि बजेट खर्चसम्बन्धी व्यवस्था मिलाइएको छ।

मन्त्री जिसीका अनुसार प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एअरवेशमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि भइरहेको छ।

बैठकमा कांग्रेस संसदीय दलका नेता जीवबहादुर शाही पनि सहभागी थिए।

 

nijgadh-supermart-adz1200-630